Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको प्रति तोला मूल्यमा २,३०० रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला १,३८,२०० मा कारोबार भएको छापावाला सुन आज १,४०,५०० मा पुगेको छ भने तेजाबी सुनको मूल्य पनि बढेको छ।

बुधबार प्रति तोला १,३७,५५० मा कारोबार भएको तेजाबी सुन आज १,३९,८०० मा कारोबार भइरहेको छ, जसले गर्दा अघिल्लो दिनको तुलनामा प्रति तोला २,२५० रुपैयाँले वृद्धि भएको देखिन्छ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेको छ। बुधबार प्रति तोला १,९३० मा कारोबार भएको चाँदी आज २,००० मा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया