Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध अभ्यास खेल खेल्दै छ। यो खेल डलासको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ। नेपालले क्यानडाविरुद्ध खेलेको पहिलो अभ्यास खेलमा ६३ रनले हार बेहोरेको थियो। आईसीसी वरियतामा नेपाल १७औँ स्थानमा छ भने अमेरिका १९औँ स्थानमा रहेको छ। विश्वकपको तयारीका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टोली चयन गरेको छ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्। टी-२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ, जसमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्याण्डस रहेका छन्।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलङ्कासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ।

 

 

तपाईको प्रतिक्रिया