Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई बिना कुनै आधार ९ दिनसम्म थुनामा राखिएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन्। हाजिरी जमानीमा रिहा भएपछि जारी गरिएको विज्ञप्तिमा उनले सञ्चारमाध्यमलाई तर्साउने दुष्प्रयासले आफूलाई पक्राउ गरिएको आरोप लगाएका छन्। सिरोहियाले प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी आफूलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्।

सिरोहियाले विज्ञप्तिमा लेखेका छन्, “सुशासन र लोकतन्त्रको पक्षमा तथा बेथितिका विरुद्ध विगत ३१ वर्षदेखि निर्भीक पत्रकारिता गर्दै आएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष मलाई नागरिकता कसुरको आधारहीन आरोपमा पक्राउ गरी ९ दिनसम्म थुनामा राखिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयको सहमतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले मलाई थप अनुसन्धानका लागि थुनामा राखिरहन नपर्ने भन्दै रिहा गरेको हो। मलाई जसरी पनि पक्राउ गर्ने, कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई तर्साउने दुष्प्रयासले यो हरकत भएको भन्नेमा कुनै शंका छैन।”

सिरोहियाले जिल्ला प्रशासन कार्यालयले दिएको लिखित रायलाई समेत दबाएर आफूलाई पक्राउ गरिएको बताएका छन्। उनका अनुसार, जिल्ला प्रशासन कार्यालयको आफ्नै संयन्त्रभित्र अध्ययन गर्नुपर्नेमा सेवाग्राही नागरिकलाई पक्राउ गर्नु गैरजिम्मेवार हरकत हो।

“बजारमा अनेकथरी हल्ला गरिए पनि मविरुद्ध मूलतः दुई आरोप लगाइएका थिए। अरू कोही व्यक्तिको नागरिकता र मेरो नागरिकताको नम्बर मिलेको विषयमा जिल्ला प्रशासन कार्यालयको आफ्नै संयन्त्रभित्र अध्ययन गर्नुपर्नेमा सेवाग्राही नागरिकलाई पक्राउ गर्नु गैरजिम्मेवार हरकत थियो। अझ, नागरिकतामा नम्बर मिलेको विषय प्रशासनिक त्रुटि भएकाले नागरिकमाथि कारबाही गर्न नपर्ने भनेर जिल्ला प्रशासन कार्यालयले दिएको लिखित रायलाई दबाएर प्रहरीबाट मलाई पक्राउ गरिएको थियो,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया