Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मापसेलगायत ट्राफिक नियम उल्लंघकर्ता सवारी चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाइएको छ । मंगलबार मात्र गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवनलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा खटाइने जनाएका थिए ।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए, ‘गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनु हुनेछ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसेलगायत विभिन्न ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेलाई स्वयंसेवकका रूपमा खटाइएको जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीषक (एसएसपी) जीवनकुमार श्रेष्ठले मापसे, ट्राफिक लेन मिचेका, रातो बत्तीमा सवारी चलाउने र गति निर्धारण गरिएका क्षेत्रमा तीव्र गतिमा सवारी चलाउनेलाई स्वयंसेवकका रूपमा खटाइएको कान्तिपुरलाई जानकारी दिए ।

उनले भने, ‘मापसेलगायतका ट्राफिक नियम उल्लंघन गर्नेलाई हामीले पहिलेदेखि नै सचेतना कक्षा दिँदै आएका थियौँ । अहिले उहाँहरूलाई हामीले स्वयंसेवकका रूपमा खटाएका हौँ ।’ एसएसपी श्रेष्ठका अनुसार सवारी चालकहरूलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर फिल्डमा खटाइने गरेको छ । ‘उहाँहरूलाई आफू पनि सुरक्षित रही अरुलाई कसरी सुरक्षित बनाउने भन्नेबारेमा जानकारी दिएर हामीले फिल्डमा पठाउँछौँ,’ एसएसपी श्रेष्ठले भने ।

यसरी स्वयंसेवकका रूपमा खटिनेले पहिलेजस्तो सचेतना कक्षा लिनुपर्दैन । उनीहरू १ घण्टा स्वयंसेवकका रूपमा सडकमा खटिनु पर्नेछ । आफ्नो समय मिलाएर स्वयंसेवकका रूपमा खटिन मिल्ने पनि एसएसपी श्रेष्ठले जानकारी दिए । ट्राफिक कारबाहीमा परेकाहरूलाई सिफ्टअनुसार स्वयंसेवकका रूपमा खटाइने उनले जानकारी दिए । स्वयंसेवकको एउटा टोलीमा एक जना ट्राफिक प्रहरी पनि खटिने छन् ।

कारबाहीमा परेकाहरूले भने मिश्रित प्रतिक्रिया दिएका छन् । कसैले यसलाई सह्रानीय काम भनेका छन् भने कसैले यसलाई विकल्प रोज्न दिनुपर्ने बताएका छन् । गति निर्धारण गरिएको क्षेत्रमा तीव्र गतिमा सवारी चलाएको कारबाही भोगेका अनन्त ढकाल भन्छन्, ‘हामीलाई च्वाइस दिनु पथ्र्यो । कि रसिद मात्रै काट्नु पर्‍यो । कि त स्वयंसेवकका रूपमा मात्र खटाए हुन्थ्यो जस्तो लाग्छ मलाई ।’

तपाईको प्रतिक्रिया