Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी आइसिसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का अमेरिका प्रस्थान गरेका हुन् ।

अध्यक्ष चन्द आइसिसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । विश्वकप खेल्ने टिमका लागि आइसिसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उनीहरू बिजनेस क्लासमा यात्रा गर्छन् ।

आइसिसीले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलब्ध गराएको थियो । क्यानकै सदस्य दिवाकर घले टिम लिडरको रूपमा रहेका छन् । नेपाली टिम झण्डै एक महिनाअघि गए पनि घले भने गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए ।

अर्का केन्द्रीय सदस्य प्रदीप मजगैया म्यानेजरको भूमिकामा रहेर टिमसँगै गइसकेका छन् । सचिवसहित अन्य केन्द्रीय सदस्य पनि केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा छन् । विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका अन्य व्यक्ति पनि जाने तयारीमा रहेको बुझिएको छ ।

तर, नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुर्‍याउन अहम् भूमिका खेलेका सन्दीप लामिछानेको भने भिसा नपाउँदा अमेरिका जाने प्रकृया अन्योलमा छ । सन्दीपको विश्वकप खेल्ने अन्योल भएका बेला पदाधिकारी श्रीमतीसहित अमेरिका गएपछि सामाजिक सञ्जालमा क्यानको आलोचना भएको छ ।

तपाईको प्रतिक्रिया