Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउन हतारो र राजनीतिक दबाब महशुस गरेको बताएका छन्। उनले भने,‘हामी निकै दबाबमा थियौं। चालु आर्थिक वर्षको बजेटको प्रक्षेपण सबै मिलिरहेका थिएनन् छैनन्। तर हामीले यसपाली जनता, व्यवसायी,निजी क्षेत्रलाई आशा जगाउने बजेट ल्याएका छौं। सरकारको तर्फबाट गर्न सक्ने सहजीकरण गरिरहेका छौं।’

अर्थ मन्त्रालयमा बजेटबारेको अन्तर्क्रियामा बोल्दै मन्त्री पुनले बजेटका लागि बिहान ३ः३० बजेसम्म मन्त्रालयमै बसेर काम गरेको पनि बताए। उनले आफूसहित अर्थसचिव, राजस्वसचिवले अहोरात्र खटेर बजेट ल्याएको जानकारी दिए। अर्थसचिव मन्त्रालयमै सुतेको र राजस्वसचिव समेत बिहान ४ बजेमात्र घर गएको उनको भनाइ छ।

यसरी ल्याएको बजेटले प्रतिपक्ष, सञ्चारमाध्यमबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए। संसद्‍मा प्रतिपक्षले सहकारी छानबिनको मुद्दामा नाराबाजी गरिरहेकाले बजेट वक्तव्य कसरी गर्ने भन्ने अन्योल थियो। यसैमा राजनीतिक दबाब महशुस गरेको अर्थमन्त्री पुनको संकेत थियो।

तपाईको प्रतिक्रिया