Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नायिका साम्राज्ञी आरएल शाहले आफूलाई सिनेमा मेकरहरूले लभस्टोरी जानरामा राखिसकेको बताएकी छन् ।

लभस्टोरी चलचित्र र सहरिया युवतीको क्यारेक्टरका लागि मात्रै अफर आउने गरेको उनकाे भनाइ छ । ‘मलाई त्यस्तै (लभस्टोरी) जानरामा राखिसकिएको छ । त्यस्तै खालका ८/९ वटा स्क्रिप्टबाट छनोट गरेर मैले काम गरिरहेको छु,’ केही दिनअगाडि काठमाडौंमा चलचित्र ‘लन्डन टु पेरिस’को निर्माणपक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘पक्कै पनि म फरक-फरक जानरामा काम गर्न चाहन्छु । अरु क्यारेक्टरमा पनि अनुभव लिन चाहन्छु । तर आइरहेका एकै खालका क्यारेक्टरबाट छनोट गरेर काम गरिरहेको छु ।’

साम्राज्ञी मुख्य भूमिकामा रहेको चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुँदै छ । यो चलचित्रमा पनि उनी सहरिया युवतीको भूमिकामा छिन् । घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्रको कथा प्रदीप भारध्वजले लेखेका छन् । साम्राज्ञीसँगै यो चलचित्रमा निश्चल खड्का, कविर खड्का, गरिमा शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया