Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गीय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्रीकी स्वर्गिय पत्निको नाममा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापनाको घोषणा गरेका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुराको व्यवस्था गरिएको हो । उहाँले सो अस्पताल काठमाडौं विश्वविद्यालयमा स्थापना गर्ने जानकारी दिँदै त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको बताउनुभयो । तर उहाँले कति बजेटको व्यवस्था गरिएको छ भने खुलाउनु भएन ।

तपाईको प्रतिक्रिया