Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि जनकपुरबाट एयरलिफ्ट गरी ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचार तथा थप परीक्षणका लागि मेडिसिटी रेफर गरिएको हो ।उनलाई दिउँसो करिब साढे तीन बजेतिर हेलिकप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको हो ।

सोमबार तेस्रोपटक तीन दिनको म्याद थप गर्दा धनुषा जिल्ला अदालतले सिरोहियाको स्वास्थ्य अवस्था प्रतिकूल रहेका कारण उपयुक्त अस्पतालमा लगेर नियमित स्वास्थ्य परीक्षण गरिरहेका चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश दिएको थियो । सोही आदेशअनुसार काव्य अस्पतालले अध्यक्ष सिरोहियाले नियमित परीक्षण गराइरहेको मेडिसिटी अस्पताल ल्याइएको हो ।

नेपाल मेडिसिटी अस्पतालका बोर्ड सल्लाहकार नविनकुमारका अनुसार हाल सिरोहियाको आपतकालिन कक्षमा आवश्यक परीक्षणहरू भइरहेको छ । उनका अनुसार परीक्षणको सबै रिपोर्टहरू प्राप्त भएपछि चिकित्सकहरूले सिरोहियालाई के-कस्तो समस्या रहेका छन् भनेर बिफ्रिङ गर्ने छन् ।

तपाईको प्रतिक्रिया