Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकतामा हस्ताक्षर गर्ने अधिकारीले हस्ताक्षर आफ्नै भएको पुष्टि गरेका छन् । तत्कालीन प्रशासकीय अधिकृत काशीराज दाहालले नागरिकतामा भएको हस्ताक्षर आफ्नै भएको बयान प्रहरीलाई दिएका हुन् ।

उनी गृह मन्त्रालयको सचिवबाट भर्खरै अवकाश पाएका व्यक्ति हुन् । सिरोहियाको नागरिकता प्रकरणमा पूर्वसहसचिव दाहाललाई धनुषा प्रहरीले बोलाएको थियो । २०५७ सालमा सिरोहियालाई नागरिकता प्रतिलिपि दिँदा दाहाल प्रशासकीय अधिकृत थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधेश प्रदेश कार्यसमिति सदस्य इन्द्रजितप्रसाद महतोले सिरोहियाको नागरिकता प्रकरणमा उजुरी दिएका थिए । नागरिकताका विषयमा एकपटक पनि सोधपुछ नगरी सिधै कान्तिपुर मिडिया ग्रुपको कार्यकक्षबाटै पक्राउ गरिएको भन्दै सिरोहियाले आपत्ति जनाएका छन् । उनलाई मंगलबार पक्राउ गरी धनुषा पुर्‍याइएको थियो ।

तपाईको प्रतिक्रिया