Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – स्मार्ट सिटीको नाममा १६ करोड रुपैयाँभन्दा बढी खर्च हुँदा समेत कुनै पनि योजना कार्यान्वयन हुन नसकेको पाइएको छ । आइतबार सार्वजनिक भएको महालेखा परीक्षकको ६१ औं प्रतिवेदन अनुसार स्मार्ट सिटीको कुनै पनि योजना कार्यान्वयनमा आएका छैनन् ।

प्रतिवेदन अनुसार स्मार्ट सिटीको विस्तृत आयोजना प्रतिवेदन तयारीमा १६ करोड २६ लाख ५३ हजार खर्च भइसकेको उल्लेख छ । तर यसअन्तर्गत कुनै पनि योजना कार्यान्वयनमा आउन भने सकेका छैनन् ।

नेपाल सरकारले काठमाडौं उपत्यकाको बस्ती व्यवस्थापन गर्न २५ वैशाख, २०७५ मा स्मार्ट सिटीको अवधारणा स्वीकृत गरेको थियो । जसअन्तर्गत काठमाडौंको उत्तरपूर्वमा एक लाख रोपनी, काठमाडौं उत्तरमा १० हजार रोपनी तथा ललितपुर र भक्तपुरमा १०/१० हजार रोपनी क्षेत्रफलमा गरी चार स्मार्ट सिटी बनाउने लक्ष्य रहेको थियो ।

वर्षौंसम्म योजना कार्यान्वयन नहुँदा समय तथा लागत बढ्ने हुनाले कार्यान्वयन प्रक्रिया अगाडि बढाउनुपर्ने महालेखाको भनाई छ ।

तपाईको प्रतिक्रिया