Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – टी-२० विश्वकप अघि नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल खेल्दैछ। अमेरिकाको डालासस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजे शुरु हुनेछ । नेपालले पहिलो पटक टी-२० विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्न लागेको हो । नेपाल र क्यानाडाबीच अहिलेसम्म एकमात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएकामा नेपाल विजयी भएको छ । सन् २०२२ को फेब्रुअरी २१ मा भएको खेल नेपालले जितेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। आईसीसीको वरीयतामा नेपाल १७ औँ तथा क्यानाडा २३ औँ स्थानमा रहेको छ । विश्वकपअघि नेपालले दुई वटामात्र वार्मअप खेल खेल्नेछ । दोस्रो खेल आगामी बिहीबार डालासमै अमेरिकासँग खेल्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया