Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चितवनको नारायणगढ-मुग्लिन सडकमा चार वटा गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार मृतक अन्दाजी १६-१७ वर्षको किशोरको परिचय खुलेको छैन ।

घाइते २३ जनामध्ये पाँच जनाको अवस्था गम्भीर छ भने १३ जना मध्यम र तीन जना सामान्य घाइते छन् । सामान्य घाइते भएका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का २६ वर्षीय सुवास कार्की डिस्चार्ज भइसकेका छन् । उनी जिप्रका चितवनको नियन्त्रणमा छन् ।

नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका घाइते

१. जि.प्युठान नौबैईनी गा.पा.७ बस्ने वर्ष २८ को सुधन के.सी.। अवस्था मध्यम।
२. जि.प्युठान प्युठान न.पा.१० बस्ने वर्ष ३६ को नीरज के.सी.। अवस्था मध्यम ।
३. जि.प्युठान मलारानी गा.पा २ बस्ने वर्ष ३६ की निर्मला भुसाल, अवस्था गम्भीर।
४. जि.प्युठान गौमुखी गा.पा.७ बस्ने वर्ष २५ को सुरज सुनार। अवस्था मध्यम (उनी प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान भन्ने बुझिएको)
५. जि.अर्घाखाँची सितगंगा न.पा.८ बस्ने वर्ष २९ की पवित्रा दर्लामी, अवस्था सामान्य।
६. जि.प्युठान झिम्रुम न.पा. ७ बस्ने बस्ने वर्ष २८ को पुरन गिरी, अवस्था मध्यम।
७ जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष २० को समीर केएम, अवस्था मध्यम।
८. जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने वर्ष ३६ को तारापती बुढाथोकी, अवस्था मध्यम।
९.जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने वर्ष ३५ की मुनादेवी बुढाथोकी, अवस्था मध्यम।
१०. जि.प्युठान एरावती गा.पा.६ बस्ने वर्ष ५६ की मनदेवी थापा, अवस्था गम्भीर।
११. जि.प्युठान बस्ने वर्ष ६० को पदम थापा, अवस्था सामान्य।
१२. जि.प्युठान प्युठान न.पा १० बस्ने वर्ष २१ को सुशील के.सी., अवस्था मध्यम।
१३. जि.प्युठान प्युठान न.पा. ४ बस्ने वर्ष वर्ष १७ की प्रतिभा भण्डारी, अवस्था मध्यम।
१४. जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष १८ की सलिसा थापा, अवस्था मध्यम।
१५. जि.प्युठान प्युठान न.पा.१ बस्ने वर्ष ३८ को प्रकाश के.सी., अवस्था मध्यम।
१६. जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष ५३ की पार्वता के.सी, अवस्था मध्यम।
१७. जि.प्युठान नेबईनी गा.पा.३ बस्ने वर्ष ३२ को गौरव झाँक्री, अवस्था गम्भीर।
१८. जि.प्युठान गौमुखी गा.पा ३ बस्ने वर्ष २९ को दीपक सुनार, अवस्था सामान्य।
१९. जि.अर्घाखाँची सितगंगा न.पा.८ बस्ने वर्ष ४९ लाम बहादुर दर्लामी, अवस्था मध्यम।
२०.जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष २५ को सन्तोष के.सी., अवस्था गम्भीर।
२१. ट्रक सह-चालक जि.सिन्धुपाल्चोक बाह्रबिसे न.पा.राम्चे बस्ने वर्ष २१ को राजन सुबेदी, अवस्था गम्भीर।
२२. ट्रक चालक-जि.सिन्धुपाल्चोक भोटेकोसी गा.पा.५ बस्ने वर्ष २६ को सुवास कार्की, अवस्था सामान्य । उपचारपछि प्रहरी नियन्त्रणमा।

तपाईको प्रतिक्रिया