Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले गरिबीको संख्या घटाउने नीति लिएपनि उल्लेख्य रूपमा त्यसको असर देखिएको छैन ।

१५औँ योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीको संख्या ९.५ प्रतिशतमा झार्ने लक्ष्य सरकारले लिएको थियो । तर, सो लक्ष्यमा पुग्न सरकार पूर्णरुपमा असफल भएको देखिन्छ । हाल निरपेक्ष गरिबीको संख्या २०.२७ प्रतिशत रहेको छ । सरकार आफूले लिएको लक्षको नजिकसम्म पनि पुग्न सकेको छैन ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालमा अझै २०.२७ प्रतिशत गरिबीको रेखामुनि छन् । गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३८ प्रतिशत गरिबी रहेको सो सर्वेक्षणले देखाउँछ ।

सरकारले यसरी गरिबीको संख्या घटाउन नसक्नुको मुख्य कारण कोरोना महामारीलाई देखाएको छ । यसका साथै विश्व परिघटनाले आपूर्तिमा परेको असरले पनि गरिबीको दर लक्ष्य अनुसार घटाउन नसकिएको प्रतिवेदनमा उल्लेख छ ।

हाल बहुआयामिक गरिबीको संख्या १७.४ प्रतिशत छ । बहुआयामिक गरिबीको संख्या ११.५ प्रतिशतमा झार्ने सरकारको योजना थियो ।

तपाईको प्रतिक्रिया