Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले संसद्बाहिरबाट बजेट ल्याउने सरकारको सोच नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पुनले संविधानको दिशानिर्देशानुसार नै संसद्‌मा शान्तिपूर्ण ढंगले बजेट पेस गर्ने तयारी रहेको उल्लेख गरे । उनले संविधानले लिएको कार्यादेशानुसार जेठ १५ गते संसद्‌मा बजेट पेस गरिने बताए ।

संसदीय छानबिन समिति बनाउने ‘सहमति’ भएर सरकार लचिलो भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अरू विषयमा अल्झिराख्नु उपयुक्त नहुनेमा उनले जोड दिए । कांग्रेसले निर्बाध संसद् बैठक सञ्चालन नचाहेको बुझिएको उनको भनाइ छ ।

उनले संसदीय छानबिन समिति व्यक्तिकेन्द्रित नहुने पनि बताए । कुनै व्यक्तिलाई पहिला नै दोषी ठहर गरेर समिति बनाउने पक्षमा सरकार नरहेको उनले सुनाए । समितिको छानबिनबाट दोषी देखिए सरकारले जोकोहीलाई कारबाही गर्ने उनले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया