Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्ताको बलमिच्याई र सहकारी ठगीको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडकमा पनि विरोध सुरु गरेको छ । संघीय संसद्‌मा चालु बजेट अधिवेशनको सुरुवातदेखि नै निरन्तर विरोधमा उत्रिएको कांग्रेसले आइतबारदेखि सडकमा पनि विरोध थालेको हो ।केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनपछि हुने खुला सभालाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनमा काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिमूलकरुपमा नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको छ ।सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले लामिछानेले गृहमन्त्री भएपछि आफूमाथिको अनुसन्धान रोकेको, संसद्‌मा सम्बोधन गर्ने क्रममा कांग्रेसका नेता र सांसदहरुमाथि प्रमाणहीन लाञ्छना लगाइएको विषयलाई विरोध प्रदर्शनका क्रममा जोड दिएर उठाइएको छ ।नेता कार्यकर्ताहरुले सहकारी बचत अपचलन गर्नेहरुलाई कारबाही हुनुपर्ने, मिडियामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्नुपर्ने लगायत नाराहरु लेखिएका प्ले-कार्ड प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया