Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सत्तामा गएपछि नेताहरु बदलिएको टिप्पणी गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि व्यंग्य कसेका छन् ।

उनले प्रतिपक्षमा हुँदा गृहमन्त्री रवि लामिछानेले नाम आएकाहरुको छानबिन गर्न सरकार किन डराएको भन्दै प्रश्न गरेको तर सत्तामा गएपछि बिर्सेको आरोप लगाएका छन् । उनले गृहमन्त्रीलाई डराएको हो ? खुट्टा कमाएको हो भन्दै प्रश्न गरेका थिए । उनले राप्रपा सांसद गीता बस्नेतलाई उस्तै प्रकृतिमा पक्राउ पुर्जी जारी गरिएको तर गोरखा मिडियामा संलग्न रहेका गृहमन्त्रीमाथि छानबिन पनि हुन नसक्ने भन्दै प्रश्न गरे ।

उनले गृहमन्त्री लामिछाने जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउनै पर्ने बताए । ‘छानबिन समिति बनाउनुपर्छ, यसमा गृहमन्त्री तयार हुनुपर्छ’, उनले भने, ‘सहकारी ठगीमा छानबिन समिति चाहिन्छ ।’

 

तपाईको प्रतिक्रिया