Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधि सभाको आइतबारको बैठकमा कांग्रेसले वेल घेराउ गरेको छ । आइतबारको बैठकमा सभामुखले अर्थमन्त्रीलाई आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्न समय दिनासाथ कांग्रेसका सांसदहरू वेल घेराउ गर्न अघि बढेका थिए । सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् ।

रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको र उनीमाथि संसदीय छानबिन समितिमार्फत् छानबिन गरिनुपर्ने माग राख्दै कांग्रेसले केही समययता सदन अवरोध गर्दै आएको छ । बैठकको सुरुवातमा सभामुखले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई बोल्न समय दिएका थिए । शाहीले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने आवश्यकता प्रस्तुत गरेका थिए । सभामुखले आइतबारका लागि शून्य समय र विशेष समय हटाएका छन् ।

तपाईको प्रतिक्रिया