Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवनस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । पहिरोका कारण स्काभेटर चालक ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले बताए ।बर्दिया घर भएका चौधरी निर्माणाधीन ३ नम्बर पुलको स्काभेटर चालक हुन् ।

पुल निर्माण कम्पनीको मेसिनले नाला खन्ने क्रममा माथि पहिरो खसेको थियो । चौधरीलाई प्रहरीले उद्धार गरेर चितवन मेडिकल कलेजमा लगेको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । घटनास्थल इच्छाकामना गाउँपालिका वडा नम्बर–५ मा पर्छ । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया