Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संसद्मा देखिएको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान टु वान भेटवार्ता पछि फर्किएका छन् । बजेट ल्याउने दिन नजिकिँदा पनि संसद् खुल्ने स्थिति नभएपछि प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न बूढानीलकण्ठस्थित उनको निवासमा पुगेका थिए ।

दुई नेताबीच ४० मिनेट भेटघाट भएको छ । सहकारी प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको गृहकार्य, सदन खुलाउने प्रयास गर्न शीर्ष नेताको बैठक अघि प्रधानमन्त्रीले देउवासँग भेट गरेका हुन् । कांग्रेसले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । यो प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी रहेको भन्दै कांग्रेस उनीमाथि छानबिन हुनुपर्ने पक्षमा छ । तर सत्तापक्षले रविको नाम लिएर छानबिन समिति गठन गर्न नसकिने अडान लिँदै आएको छ ।

यी दुई अडानका बीचबाट सहमति खोज्ने प्रयत्न भए पछि अझै निकास निस्कन सकेको छैन । बरु कांग्रेसले आज काठमाडौंमा सहकारी प्रकरणको छानबिन, गृहमन्त्रीको गैरजिम्मेवारी अभिव्यक्ति, सभामुखले संसदीय परम्परालाई लत्याएकोजस्ता विषयमा ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गर्न लागेको छ । यता प्रधानमन्त्रीलाई भने प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर मंगलबार बजेट ल्याउनैपर्ने दबाब छ ।

तपाईको प्रतिक्रिया