Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल तरुण दलले सहकारी गठीत प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिमात्र नभइ अब राजीनामा नै मागेको छ । तरुण दल धुलिखेल नगरपालिका कार्यसमिति विस्तार एवं जलपान कार्यक्रममा बोल्दै तरुण दल अध्यक्ष विद्वान गुरुङले गृहमन्त्रीमाथि छानबिन त छँदैछ अब राजीनामा नै दिनुपर्ने बताएका हुन् । रविलाई राजीनामा दिन दबाब दिन तरुण दलले चर्को आन्दोलन गर्ने पनि उनले बताए ।

उनले नेपाली जनतालाई भ्रमित पार्न र आफूविरुद्द भएको मुद्दालाई ढाकछोप गर्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न लान्छना नलगाउन गृहमन्त्रीलाई चेतावनी दिँदै यदि दोषी देखिने प्रमाण भए कारबाही प्रक्रिया अघि बढाउन कुनै रोक नभएको बताए । देशका विभिन्न सहकारीमा नेकपा एमालेका नेताहरु रहेको र गिरीबन्धु टि–स्टेट प्रकरणमा आफू मुछिने डरले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच अस्वभाविक सम्झौता भएको पनि अध्यक्ष गुरुङले आरोप लगाए । एमालेका नेताहरुबाट महिला दिदीबहिनीहरु असुरक्षित रहेको कुरा अध्यक्ष गुरुङले बताउँदै एमाले नेताहरुबाट शोषित हुने महिलाहरुको उजुरी प्रहरीहरुले पनि नलिनु विडम्बना भएको बताए ।

बिहान बेलुकाको छाक टार्दै सहकारीमा जम्मा गरेको पैसाले जीवनयापन गरिरहेका साना–साना व्यापारी, मजदुर, दैनिक ज्यालादारी व्यक्तिहरुलाई आज गृहमन्त्री रवि लामिछानेले बिल्लिबाठ बनाएको अध्यक्ष गुरुङले बताए । उक्त कार्यक्रमबाट छिरिङ लामाको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति विस्तार भएको छ ।

 

तपाईको प्रतिक्रिया