Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भोजपुरमा हत्या आरोपमा एकजना पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–४, नागीका ६५ वर्षीय मणिप्रसाद राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नागीकै ६३ वर्षीय राजकुमार राईको हत्या गरेको उनीमाथि आरोप छ । भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा शुक्रबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

बाख्राले बाली खाएको विषयमा विवाद हुँदा मणिप्रसादले बन्दुक प्रहार गर्दा घटनास्थलमै राजकुमारको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । उक्त बन्दुकसहित मणिप्रसादलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया