Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओझ खस्कँदै गएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संसद्‌मा हुने बहस, छलफल, शब्द चयन स्तरहीन, मर्यादाहीन भएको उनले उल्लेख गरे । उनले संसद्‌मा राम्रोसँग संसदीय गतिविधि सञ्चालन हुन नसकेको बताए । उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रूपमा देखिएको सुनाए ।

आउँदो आर्थिक वर्षको बजेट कुनै पनि रोकटोकबिना संसद्‌मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको उनले बताए । राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया