Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत मिलेर आफूलाई ज्यान मार्ने उद्योगमाफसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाएका छन् ।

एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी दुर्गा पाठकलाई अध्यक्ष ओली र बस्नेतको मिलोमतोमा आफूविरुद्ध उकासेर भिडियो बनाउन लगाएर फसाउन खोजिएको प्रसाईको दाबी छ ।

शनिबार पत्रकार सम्मेलनमा प्रसाईंले आफू विरुद्ध सिंगो एमाले लागेको आरोपमात्र लगाएनन् युवा संघका इन्चार्जबस्नेत मुछिएको यौंन हिंसा प्रकरणमा आफूलाई फसाउनकै लागि दुर्गा पाठकलाई भिडियो बनाउन लगाएको बताएका छन् ।

‘म मंसिर सात गते आन्दोलन गरिसकेपछि आफ्नो बाटोमा हिँडेको थिएँ । तर, बीचमा महेश बस्नेत, केपी ओली र एमालेको डिजाइनमा ठूलो षड्यन्त्र बनाएका रहेछन्,’ उनले भने, ‘दुर्गा पाठकलाई बस्नेतका कार्यकर्ताले पीडितलाई मरे भने दुर्गा प्रसाईं र सरकारले जिम्मेवारी लिनुपर्छ भनेर भिडियो खिचेको रहेछ । यो गर्न खोजेको के हो ? केपी ओली र शंकर पोखरेलहरूले राजनीतिक प्रशिक्षण दिँदा एमाले पार्टी कार्यकर्तालाई यस्तै सिकाउँछन्? उहाँलाई भिडियो बनाउन लगाएर दिनैपिच्छे मार्न खोज्दा रहेछन् । उहाँ मरेपछि म फसे नि त, मलाई फसाउन यत्रो षड्यन्त्र गर्नुपर्ने ?’ प्रसाईंले प्रश्न गरेका छन् ।

तपाईको प्रतिक्रिया