Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रद्द नहुने भएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिमलगायतका सहकारीका बचतकर्ताको रकम हिनामिना गरी फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई मलेसियामा रहेको प्रहरीको अनुमान छ ।

नेपाल ल्याउने प्रयास स्वरुप कास्की प्रहरीले राईको राहदानी रद्द गर्न भन्दै राहदानी विभागलाई पत्र लेखेको थियो । तर, विभागले उनको राहदानी रद्द गर्नुपर्ने आधार नदेखिएको जवाफ पठाएको छ ।

राहदानी रद्द नहुने भएपछि उनलाई मलेसियाबाट नेपाल ल्याउन कठिनाइ हुने देखिएको छ । राईका पूर्व व्यावसायिक साझेदार रवि लामिछाने अहिले उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । लामिछाने पनि राईसँगै सहकारी ठगीमा मुछिएका छन् ।

तपाईको प्रतिक्रिया