Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – पाँच वर्षपछि दक्षिण कोरिया, चीन र जापानका नेताहरू एकठाउँ उभिने भएका छन् । दक्षिण कोरियाको सियोलमा त्रिपक्षीय शिखर सम्मेलन हुने भएको हो ।

कोरियाका राष्ट्रपति युन सुक युलले चिनियाँ प्रधानमन्त्री ली किआङ र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच त्रीपक्षीय भेटवार्ता हुने बताएका छन् । तीन देशका व्यापारीहरूलाई प्रोत्साहित गर्ने एजेण्डामा उनीहरूबीच छलफल हुनेछ । पछिल्लोपटक तीन देशका नेताहरूबीच सन् २०१९ मा भेटवार्ता भएको थियो । कोरिया र जापानबीच सीमासम्बन्धी विवाद कायमै रहेको छ ।

एसियाका तीन ठूला देशका नेताहरूबीचको भेटले शक्तिशाली राष्ट्रहरूले चासो देखाइरहेका छन् । ताइवान मामिलामा अमेरिका र चीनबीच ठूलो द्वन्द्व चल्दै आएको छ । चीनको ताइवान नीतिमा जापान र कोरियाको भूमिकाबारे अमेरिकालगायत शक्ति राष्ट्रहरूको ठूलो चासो रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यता कोरियाको विदेश मन्त्रालयले एक चीन नीतिलाई सम्मान गर्ने बताएको छ । चीन नीतिमा कुनै परिवर्तन नभएको कोरियाले धारणासमेत सार्वजनिक गरेको छ । अर्को साता हुने शिखर सम्मेलनले त्रिपक्षीय सहयोग प्रणालीलाई पूर्ण रूपमा पुनः स्थापना र सामान्यीकरणका लागि निर्णायक बिन्दुको रूपमा काम गर्ने सियोलका उपराष्ट्रिय सुरक्षा निर्देशक किम ताइ-ह्याको भनाई छ ।

तपाईको प्रतिक्रिया