Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शान्तिका अग्रदुतको रूपमा संसारभर परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ ।

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू बुधबार साँझ नैं लुम्बिनी पुगेका छन् । बुधबार साँझ नैं प्रचण्डले बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषले संयुक्त रूपमा आयोजना गरेको फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझलाई सम्बोधनसमेत गरेका थिए । त्यस्तै दीप प्रज्जवलनमा पनि दाहाल सहभागी भएका थिए ।

वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया