आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – जापानमा तीन महिनाको अवधिमा एक्लै बस्ने १७ हजार जनाभन्दा धेरै वृद्धवृद्धाको घरमै मृत्यु भएको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए)ले गरेको सर्वेक्षणअनुसार जनवरीदेखि मार्चसम्म १७ हजार ३४ वृद्धवृद्धाको मृत्यु भएको हो ।

२०२४ को पहिलो तीन महिनामा २१ हजार सात सय १६ जना एक्लै बस्ने मानिसहरूको मृत्यु भएएको थियो । यीमध्ये कतिपय आत्महत्याका घटना पनि थिए । एक्लो मृत्युको लगभग ८० प्रतिशत अर्थात् १७ हजार ३४ जना ६५ देखि ८५ वर्ष उमेरका थिए । कुनै पनि व्यक्तिको साक्षीविना मृत्यु भएमा त्यसलाई एकान्त मृत्यु भनिन्छ ।

जापानमा युवा समूहको जनसङ्ख्या घट्दै जाँदा वृद्धवृद्धा घरमा एक्लै बस्नुपर्ने बाध्यता बढेको छ । घरमा एक्लै बस्दा कतिपयले आत्महत्या गर्ने र कतिपयको अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याका कारण मृत्यु हुने जाने गरेको छ ।

अहिलेको तथ्यांकले झस्काएको र अब आवश्यक कदम चालिने सरकारका अधिकारीहरुले बताएका छन् । यो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ भर जापानमा एक्लै बस्ने ६८ हजार जना वृद्धवृद्धाको मृत्यु हुने अनुमान छ ।

तपाईको प्रतिक्रिया