Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत भएको बताएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको सन्दर्भमा रास्वपाले यस्तो अभिव्यक्ति दिएको हो ।

रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य आफ्नो जानकारीमा आएको बताएको छ । ‘विधिको शासनको अर्को सौन्दर्य हो: ‘कानुन भन्दामाथि कोही हुँदैन ।’ जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो । ‘कोही-कोहीलाई छुनै हुन्न’ भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

आफ्नै सभापति लामिछानेको सहकारी विवाद तथा राहदानी दुरुपयोगको मुद्दालाई सत्ताको सौदाबाजीमा मिलाएको रास्वपाले सञ्चार उद्यमी सिरोहियालाई पक्राउ गरेको विषयमा भने ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्,’ भन्दै टिप्पणी गरेको छ । ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन,’ डा. ढकालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया