Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काभ्रेको महाभारतमा पति-पत्नीको विभत्स हत्या भएको छ । महाभारत गाउँपालिका-४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बल मंगलबार साँझ घरभित्रै मृत भेटिएका हुन् ।

टाउकोमा हम्मरले हानेर उनीहरुको हत्या गरेको अवस्थामा शव फेला परेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । प्रहरीले भने हत्याको पुष्टि गरे पनि घटनाको विस्तृत विवरण खुलाएको छैन । बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आएका थिए । उनीहरु दुई जना मात्रै जस्ताले बारेको र जस्ताले नै छाएको घरमा बस्दै आएका थिए ।

उनीहरुको हत्या कसले र किन गर्‍यो खुलेको छैन । ‘पतिको शव पसल रहेको कोठामा र पत्नीको शव भान्सा कोठामा फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले भने, ‘पत्नीको शव रहेको कोठामा बाहिरबाट र पतिको शव रहेका कोठामा भित्रबाट चुकुल लगाएको पाइएको छ ।’

बल दम्पतीका तीन छोरा र एक छोरी छन् । तर उनीहरु काठमाडौँमा बस्दै आएका स्थानीयले जानकारी दिएका छन् । मंगलबार दिउँसो बल दम्पती स्थानीयले गर्ने ठाकुर पूजामा सहभागी नभएपछि उनीहरुको हत्या भएको खुलेको हो । उनीहरु पूजास्थलमा नआएपछि छिमेकीले पूजामा किन आएन भनेर फोन गरेका थिए । फोन नउठेपछि पूजा गरिएको मासुको भाग लिएर छिमेकी उनीहरुको घरमा जाँदा बल दम्पतीको हत्या भएको अवस्थामा भेटिएका थिए ।

तपाईको प्रतिक्रिया