समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको हो।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ। यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १७ सय ४५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १७ सय ४० रुपैयाँ कायम रहेको थियो।