समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने भएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
तत्कालीन राजा विरेन्द्रसहित राजपरिवारका नाममा भएको सम्पत्ति नेपाल ट्रस्ट मातहत राखिएको छ । अझै पनि राजपरिवारको सम्पत्ति ट्रस्ट मातहत आइनसकेको निष्कर्षसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो ।
“पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।