Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफूलाई तनाव दिएको भन्दै एक युवाले आफूले विष सेवन गर्न बाध्य भएको उल्लेख गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौँको कीर्तिपुर बस्ने जाजरकोटका गणेशमान सिंहले जारी गरेको सो भिडियोप्रति साइबर ब्युरोले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

ब्युरोले फेसबुकमा अश्लील सामग्री प्रकाशन गरेको विषयमा ब्युरोले अनुसन्धान गर्न बोलाएको स्पष्ट गर्दै सोही क्रममा उनले २ स्ट्रिप सिटामोल खाएको जानकारी प्राप्त हुनासाथ उनलाई वीर अस्पताल लागिएको बताएको छ । साथै साइबर ब्युरोले अनुसन्धानमा बाधा पुर्‍याउन उनले फेसबुकमा गलत भिडियो बनाएर पोस्ट गरेको र सो भिडियोमा उल्लेख गरिएका विषयमा कुनै सत्यता नभएको बताएको छ ।

तपाईको प्रतिक्रिया