शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । हिजो बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ५५ रुपियाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया