आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संघीय संसद् सचिवालयले कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ । निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो ।

संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको सूचना जारी गरेका हुन् । मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङ भ्रष्टाचार मुद्दा लागेर ८ पुस ०७९ देखि स्वतः निलम्बनमा थिए । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया