सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली गएका छन्। सहयोगी युपी लामिछानेका अनुसार सिंहलाई वीर अस्पताल तथा अन्य अस्पतालका समेत विशेषज्ञ डाक्टरहरूले उपचारका लागि दिल्ली जान सुझाएका थिए । सिंहलाई चिकित्सकहरूले प्रोस्टेटको आशंका गरेका छन् । तर इन्फेक्सन या प्रोस्टेट भन्ने एकीन नभएपछि थप परीक्षणका लागि उनलाई चिकित्सकहरूले दिल्ली जान भनेका हुन् ।

सिंहसँगै उनकी पत्नी सिर्जना सिंह पनि भारततर्फ लागेकी छन् । यसअघि कांग्रेसकी अर्की नेतृ डा. आरजु देउवाको पनि भारतको नयाँ दिल्लीमै उपचार र शल्यक्रिया गरिएको थियो । लामिछानेका अनुसार सिंह करिब ८ महिनादेखि नेपालमै उपचाररत थिए । सुरुमा उनले वीर अस्पतालमा स्वास्थ्य परीक्षण तथा चिकित्सकसँग परमार्श गरेका थिए ।

त्यसपछि उनले ललितपुरस्थित मेडिसिटी अस्पतालमा पनि चेकजाँच र परीक्षण गराएका थिए । तर यी दुवै अस्पतालमा समस्या पहिचान हुन नसकेपछि सिंह चिकित्सककै सल्लाहमा दिल्ली गएका हुन् ।

 

तपाईको प्रतिक्रिया