सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा मंगलबार घटेको सुनको भाउ बुधबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ३६ हजार रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

अघिल्लो दिन छापावाला सुन एकैपटक प्रतितोला २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । हिजो चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया