सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार उपनिर्वाचनको प्रचारप्रसार आज रातिसम्मको समयसिमा छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।

वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

 

तपाईको प्रतिक्रिया