शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनको विमान ३ बजेर ४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको छ । मंगलबार अपरान्ह ४ बजेर ४० मिनेटमा आउने तालिका भए पनि उनी एक घण्टा अगाडि नै काठमाडौं आइपुगेका हुन् ।

कतारका राजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । आजै राष्ट्रपतिले थानीसँग शीतलनिवासमा भेट गर्नेछन् । दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका हुन् ।

कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ ।

 

तपाईको प्रतिक्रिया