शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । त्यहाँको ९३-सदस्यीय संसद्‌मा उनको पीपल्स् न्याश्नल कङ्ग्रेस (पीएनसी) ले ६६ स्थान जितेको प्रारम्भिक नतिजामा देखिएको छ ।

पीनएनसीको पक्षमा आएको परिणामलाई विश्लेषकरूले चीनसँग निकट सम्बन्ध राख्ने मुइज्जुको नीति जनताबाट अनुमोदित भएको मानेका छन् । स्थानीय सञ्चारमाध्यमले पीएनसीको उपलब्धिलाई अत्यधिक बहुमतको सङ्ज्ञा दिएका छन्। यद्यपि निर्वाचनको परिणाम केही दिनपछि औपचारिक रूपमा घोषणा हुने छ ।

देशको संविधान संशोधन गर्न पर्याप्त हुने गरी पीएनसीले संसद्‌मा दुईतिहाइ बहुमत पाएको हो । ‘मुइज्जुका लागि यो ठूलो उपलब्धि हो,’ माल्दिभ्स मामिलाका विश्लेषक अजिम जाहिर भन्छन् ।

उनी यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा प्राध्यापन गर्छन् । ‘राजनीतिक संस्थाको दृष्टिकोणबाट भन्नुपर्दा अब उनको नियन्त्रणमा सबै कुरा छ । संसद्‌मा पर्याप्त बहुमत भएकाले सैद्धान्तिक रूपमा उनी न्यापालिकालाई पनि नियन्त्रण गर्न सक्छन्,’ जाहिर भन्छन् ।

गत वर्षको अन्त्यतिर मुइज्जु सत्तामा आएका थिए । माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले केवल १५ सीट पाएको छ । आइतवार मतदान हुनुअघिसम्म संसद्‌मा उक्त दल बहुमतमा थियो । बीबीसी

तपाईको प्रतिक्रिया