Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आगामी मङ्गलबार नेपाल भ्रमणमा आउने भएका छन्। अमिरले पहिलोपटक नेपाल भ्रमण गर्न लागेका हुन् । कतारी अमिर फिलिपिन्स, बङ्गलादेश हुँदै नेपाल आउन लागेको नेपाल स्थित कतारको दूतावासले जनाएको छ ।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए।

अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।

तपाईको प्रतिक्रिया