Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सेक्युरिटी प्रिन्टिङ प्रेसका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ । गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमेरिकाको पीआर लिएर सार्वजनिक ओहोदाको पदमा बसेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।पौडे

लले अमेरिकाको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएकै अवस्थामा झुटो विवरण उपलब्ध गराएर कानुनविपरित सार्वजनिक पदमा बसेको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

२०८० वैशाखमा मुद्दा दायर भएका विकल पौडेलले भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिना गरेको आशंकामा गत माघ १० गते अख्तियारले उनलाई निवासबाटै नियन्त्रणमा लिएको थियो । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया