शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन आउँदो माघ महिनासम्म भत्किसक्ने दाबी गर्नुभएको छ । इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गर्नुभएको हो । उहाँले चुनावअघिको गठबन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताउनुभयो ।

चुनावअघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको महामन्त्री थापाले बताउनुभयो । उहाँले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताउनुभयो । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको महामन्त्री थापाले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया