शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको शनिबार बताएका छन्। अप्रिल १० मा मस्कले आफू भारत भ्रमण गर्न उत्साहित रहेको बताएका थिए । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो। ‘दुर्भाग्यवश, टेस्लाको धेरै भारी जिम्मेवारीका कारण भारत यात्रा ढिलो हुने भएको छ,’ उनले एक्समा एक पोस्टको प्रतिक्रियामा भने ।

तर, मस्कले यसै वर्षको अन्त्यमा भारत भ्रमण गर्ने कुरा गरेका छन् । ‘म यस वर्षको अन्त्यमा भारत भ्रमण गर्न उत्साहित छु।’ उनले भनेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मस्क अप्रिल २२ मा भारत आउने तयारीमा थिए । मस्कले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने तयारी थियो । मस्कले भारतमा कार उत्पादन कारखाना स्थापना गर्ने तयारी गरिहेका छन् । यसअघि मस्कले टेस्लाको भारत प्रवेश प्राकृतिक प्रगति हुने बताएका थिए।

 

तपाईको प्रतिक्रिया