Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : –

काठमाडौँ – सभामुखको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ । यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा मन्त्रीको शपथ लिएका थिए । गण्डकीमा ९ वटा मन्त्रालय छन् । मुख्यमन्त्री कार्यालयसहित ७ वटा मन्त्रालय मुख्यमन्त्रीले आफैँसँग राखेका छन् । गण्डकीमा मनाङे पाँचौ पटकमन्त्री बनेका हुन् भने चुमानले पनि तेस्रो पटक मन्त्रीको कुर्सीमा बस्ने मौका पाएका छन् ।

तपाईको प्रतिक्रिया