आइतबार, जेठ १३, २०८१
Sunday, May 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंका विभिन्न तीन वितरण केन्द्रका सम्बन्धित स्थानमा आज दिनभरजसो विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्न लागेकाले रत्नपार्क वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मूल पानी तथा डांछी फिडरअन्तर्गतका दक्षिण ढोका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

शनिबार बिहान साँढे सात बजेपछि नै अनामनगर धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।मूल पानी फिडरअन्तर्गत विभिन्न स्थानहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र डांछी फिडरअन्तर्गत शिवचोक, दक्षिण ढोका क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको हो ।

 

तपाईको प्रतिक्रिया