Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – वैदेशिक रोजगारीमा जानको लागि गत चैतमा मात्रै झन्डै ७१ हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएका हुन्। तीमध्ये महिलाको संख्या ६ हजार ६९२ रहेको छ। यो एक पटक वैदेशिक रोजगारीबाट फर्केर पुनः जान लागेकासमेतको तथ्यांक हो। पहिलो पटक वैदेशिक रोजगारीमा जानको लागि भने ४ हजार ७२० महिलासहित ४२ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन्।

चैतमा सबैभन्दा धेरै १७ हजार ८१८ जना यूएई गएका छन्। यूएईपछि खाडीकै अर्को देश साउदी अरेबिया नेपाली श्रमिकहरूको आकर्षण गन्तव्य बनेको छ। साउदी जानेको संख्या १३ हजार ६४१ रहेको छ। यस्तै, १२ हजार ६०२ जनाले मलेसिया तथा ११ हजार २०४ जनाले कतारको लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।

युरोपेली देशमध्ये क्रोएसिया र साइप्रस जानेको संख्या चैतमा धेरै छ। क्रोएसिया ९६० तथा साइप्रसका लागि भनेर ७८१ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ। एक महिनामा यति धेरैले श्रम स्वीकृति लिएको यो दोस्रो हो। यसअघि गत मंसिरमा ७१ हजार २४६ जनाले श्रम स्वीकृति लिएका थिए।

तपाईको प्रतिक्रिया