Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कपिलवस्तुको मायादेवी गाउँपालिका-२ मा एक भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ । ३/४ जनाको समूहले भारतको सिद्धार्थ जिल्ला पोखरभेटवा ग्राम पचगवा पोष्टका ४५ वर्षीय जमाल अहमदको अपहरणपछि हत्या गरेका हुन् ।

घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिएका छन् । जमाल अहमद मायादेवी गाउँपालिकाको पकडी चारचौडा सडक खण्डको बिजुवा पुलबाट बिहीबार दिउँसो अपहरणमा परेका थिए ।

आर्थिक लेनदेन तथा फिरौतीका लागि उनलाई अपहरण गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अपहरणपछि जमाल अहमदलाई अपहरणकारी समूहले हात-खुट्टा बाँधेर मरणासन्न अवस्थामा मायादेवी गाउँपालिका-२ को एक मदरसाको कोठामा थुनेर राखेका थिए । जमाल अपहरणमा परेको खबर पाए लगत्तै खोजीका लागि बिहीबार साँझबाट प्रहरी परिचालन भएको थियो ।

अपहरणस्थलबाट भारतीय सीमा क्षेत्र आपसपास चारैतर्फ खोज गर्दा जमाललाई थुनेर राखेको अवस्थामा मदरसाको कोठामा फेला पारिएको प्रहरी नायब उपरीक्षक वलीले बताएका छन् । जमालको पत्तो लगाउँदासम्म उनको सोही मदरसाको कोठामा मृत्यु भइसकेको थियो । प्रहरी नायब उपरीक्षक वलीले भने, ‘शव पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाएका छौं, बाँकी अन्य अनुसन्धानको प्रक्रिया समेत अघि बढेको छ ।’

तपाईको प्रतिक्रिया