Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्तारुढ जनता समाजवादी पार्टी, नेपालकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।शुक्रबार दिउँसो सिंहदरबारमा सभुमख देवराज घिमिरे जसपाबाट समानुपातिक सांसद बनेकी खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको १३ फागुन २०७९ मा निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद बनेकी थिइन् ।

मञ्जुको पनि ४ चैत २०८० मा निधन भएपछि रिक्त स्थानमा जसपाले हसिनाको नाम सिफारिस गरेको थियो । सभामुख घिमिरेले खानलाई शपथ खुवाउँदै प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिएका थिए ।

तपाईको प्रतिक्रिया