Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला परेको छ । दिल्लीबाट आएको उडान 6e1151 को ईण्डिगो एयरको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको हो ।

भुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माका अनुसार बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको छ । विमानको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पाकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सो सुन फेला परेको शर्माको भनाइ छ ।

वे नम्बर ५ मा पार्किङ भएको जहाजको सिटमा विमानकै कर्मचारीहरूले सुन फेला पारेको बताइएको छ । प्रहरीका अनुसार सिक्री थान ३, सुनको बिस्कुट थान-६ त्रिभुज आकारको सुन जस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु थान-२ र सिक्री जोड्ने ससाना रिङ थान-२ फेला परिएको हो ।

तपाईको प्रतिक्रिया